Header Ads

टीकापुर घटनामा ज्यान गुमाएका आफन्तको प्रश्न !!


टीकापुर घटनामा ज्यान गुमाएका आफन्तको प्रश्न, जनताको सेवा गर्दा मारिनुपर्ने हो ?

काठमाडौं, १० असोज : सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने तयारी गरेपछि कैलालीको टीकापुर घटनामा परी ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानेका परिवारले घटनाको दोषीलाई कारबाही गर्नुपर्ने  माग गरेको छ।

सरकारले मुद्दा फिर्ता लिने तयारी गरेकोमा आफूहरुलाई दुःखी बनाएको परिवारले बताएको छ।

पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन हुनुपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीनबुँदे सहमति भएको थियो।

तीन बुँदे सहमतिमा आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने गरी कांग्रेस र माओवादीले मधेसी मोर्चासँग सहमति गरेका थिए। आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनुपर्ने भन्दै मधेसी मोर्चाले गृहमन्त्री विमलेन्द्र निधिलाई ५०४ जनाको नामावली बुझाएको थियो।

सरकारले टीकापुर घटनालगायतको घटनामा पक्राउ परेकाहरूलाई रिहाइ गर्ने तयारी अगाडि बढाएपछि गृहमन्त्री निधि र नेपाल प्रहरीबीच विवाद चुलीएको छ। नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कुनै पनि हालतमा टीकापुर घटनाका दोषीलाई रिहा नगर्ने दबाब दिँदै आएका छन्।

एक वर्षअघि कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण खड्कासहित ८ प्रहरी र एक बालकले  ज्यान गुमाएका थिए। 

No comments

please give your views

Achyut . Powered by Blogger.