कथा- प्रेममय डिर्भोस
कथा- प्रेममय डिर्भोस
‘सुनरहा है ना तु’….मीठो निद्रा बिथोलेर मोबाइलको रिङ्टोन बज्यो । लगातार बज्न थालेपछी अल्छी मान्दै उठाए ।
‘हेलो’
‘हेलो’
तिमिलाई मन नपर्ने तीजको शुभकामना उ बोल्यो ।
‘थ्यान्क्यु ।’ मैले प्रतिउत्तर फर्काए ।
‘अहिले सम्म सुतिरहेको, व्रत बस्दिनौ ?’
‘किन बस्नु ?’
‘किन बस्नु ?’
‘मेरो लागि नी ।’
‘म अरुका लागि व्रत बस्ने कुरामा बिश्वाश गर्दिन ।’
उफ ! ‘बस्दिन भने त भैहाल्थ्यो नी । यसरी मुटुमै घोच्ने गरि भन्न जरुर थियो र ?’
‘सुन्ने हिम्मत नै नभए किन सोध्नु ?’ म अली कड्किए ।
‘भो – भो तिमी सगँ बहस गरेर कहिले पो जिते र मैले । फोन राख्छु आफ्नो ख्याल राख्नु ।’
उस्ले फोन राख्यो । मलाई भने झनक्क रिस उठ्यो ।
घडी हेरें ५ बजेको रहेछ । यति बिहानै उठेर पो के गर्नु, एकछिन सुत्छु बरु । तर निद्रा फिटिक्कै लागेन ।
घडी हेरें ५ बजेको रहेछ । यति बिहानै उठेर पो के गर्नु, एकछिन सुत्छु बरु । तर निद्रा फिटिक्कै लागेन ।
कस्तो मान्छे होला बिहान बिहानै निद्रा मात्र डिस्ट्रब गर्यो । थाहा थियो नि उस्लाई मलाई तिज मन पर्दैन भनेर । फेरि नि नाटक गर्नु पर्ने । तीजको रमझमले छुदै नछुने त होइन तर व्रत बस्ने कुरा सगँ भने कहिले नी मोह नै जागेन ।
हाम्रो बिहे भएको ३ बर्ष भईसक्यो तर म अहिले सम्म तीजको व्रत बसेकी छैन । तैपनि उ तीजको शुभकामना दिई नै रहन्छ । सायद म सगँ कुरा गर्ने बाहना पनि हुनसक्छ । दुई वर्ष देखि म टाढा बसेकी छु, कामको सिलसिलाले । काम भन्दा पनि उ बाट टाढा बस्ने चाहना स्वरुप नै मैले यो कामको रोजेकी हुँ । यो कुरा त उस्लाई पनि थाहा छ । तर पनि सम्झी रहन्छ सधै , एउटा असल साथीले झै ।
समय सधै कहाँ एकनासको हुँदो रहेछ र ? हिजो भरखर जस्तो लाग्छ, उ सँग भेट भएको आज ५ वर्ष भईसकेछ । कति छिटो हुईकिदो रहेछ, समयको पैयाँ । त्यो पहिलो भेट । त्यो पागनपन, त्यो माया सबै समयसँगै समयको चक्रमा खै कता हरायो ? आज त केबल महशुस मात्र बाँकी छ । कलेज पढ्दा पहिलो पटक देखेकी थिएँ, उस्लाई । त्यसपछि म ‘म’ रहिन ।
पहिलो भेटमा नै उसले मलाई मोहनी लगाएको थियो । सायँद उसलाई पनि त्यसै भएको होला र त उ पनि बाहना खोजिरहन्थ्यो मेरो नजिक हुने । पढाइृको स्तर सँगै हाम्रो माया पनि बढ्दै गयो । सुरूमा त उसले जे गरे पनि मन पथ्र्यो । कुनै कुराको विरोध गर्दिनथे । उसका सबै बानी प्रति माया थियो । उ पनि मेरा हरेक कुरालाई सपोर्ट गथ्र्यो । उ भनिरहन्थ्यो तिमी अरू भन्दा फरक छौ, तिम्रो सोचाई फरक छ । त्यसैले त म तिमीलाई माया गर्छु नी ।
पढाई सकियो । अनि हामी पनि विवाह बन्धनमा बाँधियौ । शुरूका केही महिना त रमाईला नै रहे । तर, बिस्तारै मनमुटाव सुरू भयो । उ म घरमै बसुँ भन्ने चाहन्थ्यो । तर म आफै केही गर्न चाहन्थे । परजिवी भएर बाँच्न मलाई मेरो स्वभावले दिदै दिएन ।
केही दिनको द्धन्द्व पश्चात मैले जिते । काममा जाने भएँ । एउटा एनजीओमा महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम हेर्नु पर्ने भयो । त्यसका लागि गाँउ–गाँउ जानु पथ्र्यो । त्यसरी जादाँ कहिले उतै बस्नु पर्ने बाध्यता पनि हुन्थ्यो । काममा बाहिर जादाँ सहकर्मी साथीहरू केटाहरू पनि हुन्थे । म बाहिर गएर त्यसरी बस्न थालेपछि उ मलाई शंकाको नजरले हेर्न थालेको थियो ।
हिजो उसलाई मन पर्ने मेरा बानीहरू अब भने मन पर्न छाडेका थिए । म सबैसंग खुलेर बोल्दा उसलाई तनाब हुन थालेको थियो । यस्तै साना–साना कुराहरूमा सधै जसो झगडा हुन थालेको थियो । हरेक दिन स्पष्टीकरण दिँदा– दिँदा म पनि आजित भईसकेकी थिएँ । न उ बच्चा थियो न त म नै । उ जस्तो शिक्षित मान्छेले यस्तो नगर, यता नजाउँ, योसंग नबोल, धेरै बाहिर नबस भन्दा मरो पारो तातेर आउँथ्यो । कजेल पढ्दा उ नै थियो, स्वतन्त्रताको भाषण छाट्ने । महिलाहरू स्वतन्त्र नभएसम्म लैङ्गिक समानता हुन सक्दैन भन्ने पनि उ नै थियो । र आज साना–साना कुरामा मलाई महिलाको नैतिकताको पाठ पढाउने पनि उ नै हो ।
अाँखिर किन फरक हुन्छन् पुरूषहरू ! बिहेपछि म आफ्ै सगँ प्रश्न गर्छु ? जवाफ पाउँदिन र मौन बसिदिन्छु । लभ गर्दामा हक्की केटी चाहिने रे । बोल्ड केटी त झन् पहिलो रजाईंमा पर्दा रहेछन् । जब बिहे हुन्छ अनि, त्यही बोल्ड प्रेमिका संस्कारी श्रीमति बनिदिनु पर्ने । अनि आफुले जे गरे पनि हुने, कस्तो मानसिकता ?
१ वर्ष यस्तै द्धन्द्धमा बित्यो । सोचें जीवन सधै यसरी नै त कति दिन चल्ला त ?
खुशी र विश्वास नै नभएको सम्बन्ध कति दिन टिक्ला ? यी वैचारिक द्धन्द्वहरूबाट बाहिर निस्कन मैले घर र उ बाट केही समय टाढा बस्न निर्णय गरे । साँयद केही समयको दुरीले सम्वन्धमा केही सुधार आउँछ की भन्ने विश्वासमा थिएँ ।
तर मैले सोचेको जस्तो भएन । न त उसको व्यवहारमा परिर्वतन आयो, न विचारमा नै ।
खुशी र विश्वास नै नभएको सम्बन्ध कति दिन टिक्ला ? यी वैचारिक द्धन्द्वहरूबाट बाहिर निस्कन मैले घर र उ बाट केही समय टाढा बस्न निर्णय गरे । साँयद केही समयको दुरीले सम्वन्धमा केही सुधार आउँछ की भन्ने विश्वासमा थिएँ ।
तर मैले सोचेको जस्तो भएन । न त उसको व्यवहारमा परिर्वतन आयो, न विचारमा नै ।
न उ बद्लियो न त म नै । फलस्वरूप मैले छुट्टिने निर्णय गरे । तर उ मन्जुर भएन । विकल्प पनि थिएन । मैले अन्तिम निर्णय गरिसकेकी थिएँ । सधै यस्तै तनावपूर्ण जीवन बिताउनु भन्दा छुटिएर आ–आफ्नो तरिकाले जीवन बिताउनु नै उचित लाग्यो । तर उ भन्थ्यो ‘म माया गर्छु तिमीलाई, सक्दिन तिमीसंग छुटिएर बस्न’ । हामी जीवनभरी सँगै बस्नुपर्छ भन्दै, सम्झाई रहेको थियो ।
मलाई पनि थाहा छ उस्ले माया गर्छ तर कस्तो माया जहाँ सधै मायामा उस्को इगो हावी भई दिन्छ । यो कस्तो माया जस्को डोरीले मलाई स्वतन्त्र हुन दिदैन । म स्वतन्त्र हुन चाहन्छु । उ भने घरभित्र मात्र मायाको संसार देखाएर राख्न खोज्छ । उस्को पुरूष अहमले म सफल भएको हेर्न नै सक्दैन । फेरी पनि उ मायाको दावा गर्छ ।
मोबाईलको घण्टी बज्यो, झस्किए । सरलाको रहेछ । एकछिन कुरा गरे । समय हेरेको ७ बजिसकेको रहेछ । अतितमा अल्झिएको त थुप्रै बेर भएछ । तीज भएकाले अफिस बिदा थियो । अन्त कतै जानु नी थिएन । त्यसैले कुनै हतार पनि थिएन ।
यसै गरी दिनहरू बितिरहेका थिए । फेरी उसले फोन ग¥यो । झिँजो मान्दै उठाए । धेरैबेर बहस भयो । र अन्तमा उ पनि सहमत भयो डिर्भोस् गर्न । तर उस्को शर्त थियो, डिर्भोस्पछि पनि सधै साथि रहिरहने । एउटा साथिले झै एक–अर्कालाई सपोर्ट गर्ने । मैले पनि सहमति जनाएँ । हामी औपचारिक रूपमा नै छुट्टियौ । तर एउटा अलग परिचयका साथ । असल साथि भएर । हाँसी–हाँसी आफ्नो बाटो लाग्यौ, मनमा कुनै बोझ नराखी । नयाँ उत्साहका साथ । सबै सम्बन्धको अन्त्य दुःखद र नकारात्मक नै हुन्छ भन्ने छैन । सुखद र सकारात्मक पनि हुनसक्छ, भन्ने नयाँ अनुभवका साथ ।
Post a Comment