Header Ads

कविता

जन्मघर छोड्ने रहर हुदैन कसैको
तर समयको माग थियो त्यो
छोडियो घर, अनि लागियो सहर
बोकियो सपना आफ्नो अनि सबैको।
सुन्दर सन्सारको पर्खाल बसाउने
गर्दै प्रगति बाबू-आमा हसाउने
लिएर आशिर्वाद अनि विभिन्न रहर
सपना सजाउदै झरियो सहर।
ईन्जिनियर बन्ने आमाको आशिर्वाद
अनि बोकेर आफ्नो छुट्टै सपना
सार्थक तुल्याउनु थियो
जीवन
सपना साकार गर्ने सपना केवल।
जिब्रोले त्यही संवाद खोज्थ्यो,
आमाको हातको खाना रुच्थ्यो
अनि त्यो बाबाको अंगालोको न्यानो आभास
खोज्थे यी अङ्गहरु हर रात।
संगै हुर्केका साथी छोडेर
जन्मघरको माटोको त्यो सुगन्ध
सताउछ हरपल त्यही याद
त्यही सोचले रुच्दैन निन्द्रा कुनै रात।
याद छ दिन घर छडेर हिडेको
अनि आमा-बा'लाई त्यो कसम दिएको
गर्नु छ अपुरा ती सपना सकार
अनि उडेर छुनुछ त्यो निलो आकाश।
-------------------------------------------------------------------------------

No comments

please give your views

Achyut . Powered by Blogger.