Header Ads

दशैका लागि बसको टिकट बुकिङ:


। दसैँमा उपत्यकाबाहिर जान ७ असोज बाट बसको टिकट अग्रिम बुकिङ खुलेको  छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु हुन लागेको हो । पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने छ ।

 यस वर्ष दसैँका लागि व्यवसायीले नयाँ बस ल्याएका छैनन् । यातायात क्षेत्रका लागि यो वर्ष राम्रो नरहेकाले नयाँ बस थप्न नसकिएको महासंघका महासचिव सिटौलाले बताए । टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।

No comments

please give your views

Achyut . Powered by Blogger.