Header Ads

Heart Touching Nepali Story(सप्रेम अल्बिदा )

कथा-"सप्रेम अल्बिदा " २

त्यस्तै ४ , ५ कक्षामा हुँदो हुँ। म प्रथम हुँदा बा`ले काँधमा थप-थपाउँदै भन्नू भएको थियो "ठुलो भएर ईन्जिनीयर हुनु पर्छ । खेत-वारि बेचेर भए नि पढाउँला भएन भने आफैलाई बेचेर भएनी पढाँउछु" । मलाई नमज्जा लागेको थियो। भैंसी , गोरु बेच्नु त ठिकै छ , भएन खेत-वारि बेच्नु सम्म ठिकै छ तर बा आफै?? बा हामिलाई यति धेरै माया गर्नु हुन्छ। बाल मस्तिष्क न हो , रुन मन लागेको थियो । भन्न मन लागेको थियो "बा! बरु म आफैलाई बेच्नु नत्र भने म संग झगडा गरि रहने दाईलाई बेचे नि हुन्छ "।अझ दाईलाई त बाटोमा भेटेर ल्याको रे, एक-दुई चोटि आमाले भनेको सुनेको थिएँ।
जे होस , तर ठूलो भएर ईन्जिनियर हुन्छु भन्ने सोचको बिकाश सायद त्यतैबाट बिजारोपण भएको हुनुपर्छ।
--------------------------------------------------------
+२ ,खाँदबारी "किरण क्यामपस" बाटनै सकाएर ईन्जिनीयर बन्न हिँडेको मलाई आई. ओ. ईको परिक्षाले उथलपुथल बनाईदियो। बा`लाई दिन-दिनै नयाँ बहाना सुनाउँदा म आफैलाई ढाँट्दै छु भन्ने आभास हुन्थ्यो। आमासंग नि कैले काहीँ कुरा हुन्थ्यो , पिर मात्रै गर्नुहुन्थ्यो। दाइको ब्यस्तता र मोबाईलको कल हेर्ने हो भने कुनै बीजिनेस कम्पनिको सि. ई. ओ भन्दा कम लाग्दैन थियो। २-४ चोटि युवा भेलामा झन्डा बोकेर हिनेको भन्दा ठूलो दाईको काम मैले देखेको छैन। आज पनि काम छ भनेर बिहानै त्रीचन्द्रतिर लाग्नु भयो।
खाना खाएर त्यतिकै भबिष्या सोचेर बस्दै थिएँ, दिक्दार लाग्यो। बरु सुर्यालाई पो केहि आईडिया फुर्यो कि? फोन लगाएँ। ज्ञानेश्वोर चोक सम्म आईज , म लिन आउँछु भन्यो। सोचेँ " देब दाईलाई पनि आज चैँ जसरी भा पनि जर्मन भाषा बारे सोध्छु, आजको दिन राम्रो छ" । मैतिदेबीलाई एक फन्का लगाएर बत्तिएर चोक तिर लागेँ। उस्को रुममा देव दाइ पढिनै राख्या थिए, बाँकी २ जना घर्घर्ती निदाइ रा`थिए। माथी टेरेसमा गयौँ, उनैले सुरु गरे आफ्नो कहानी । मलाई उनको कहानी भन्दा नि भाषाको बारे बुझ्नु थियो। उनी बाट केही लिनु थियो त्यसैले आज्ञाकारी बनेर मन्द मुस्कुराँउदै टाउको हल्लाउने काम गरिनै रह्नेँ। कतै चाकरिमा आँच न आओस भन्नेमा सचेत थिएँ। बल्ल जर्मन भाषाको अध्यायमा प्रबेश गरे। बेलिबिस्तार बुझियो। बेलुका रुम आएर दाईलाई सुनाएँ, बा`लाई भन भन्नू भयो। बा`लाई फोन गरेर म जर्मन भाषा सिक्ने प्रस्ताब राखेँ। बा`ले ऐले सम्म मलाई नाई भनेको सुनेको छैन। त्यो दिन पनि त्यस्तै गर्नु भयो। फोन राखे पछि पनि धेरै बेर सोचेँ " बा हुन त मेरा जस्ता"
देब दाईलेनै पुर्याईदिए कन्सल्टेन्सिमा। पैलो दिन बुझेर दोस्रो दिन भर्ना गर्यौ ,सुर्य र मैले नै। ए१ मा लगभग ४० जनाको हाराहारीमा बिद्यार्थि थिए। समय सुस्त सुस्त बित्दै थियो। उता आई. ओ. ईको घाउ पनि निको हुँदै थियो। बिस्तारी पुराना दिनतिर फर्किँदै थियौं । सुर्य र मेरो कुरा नि मिल्न थालेको थियो साथै मन पनि । कैले काहीँ गोपि कृष्णमा बिहानी शो. मुभी हेर्न जान्थ्यौँ। कहिले फन पार्कमा पिंङ खेल्न , कहिले जावालाखेल चिडियाघरमा , कैले हुत्तिँदै रानी पोखरितिर पुघ्थ्यौं । म काठमाडौको लागि बिल्कुल नयाँ र अपरिचित थिएँ। उसैले चिनाईदियो मलाई मलाई काठमाडौ ।दाईसंगै घुमेथेँ पशुपतिनाथ र नरायणहिटी संग्रहलयामा चैँ।
उता ए१ को पढाइ पनि रफ्तारमा जाँदै थियो ।अवसरलाई हामिले पटक पटक गुमायौँ भने हामी कहिँ हराउन सक्थ्यौं, बिलिन हुन्थ्यौं । यो कुरालाई लिएर हामि सजक भने थियौं । कैले काहीँ सुर्य र म जर्मन गएर के-के गर्ने , कुन कुन ठाउँ घुम्ने भनेर मनका लड्डु फुटाउन थालेका थियौं। पिजा , बर्गर , सेन्डविच सम्झिँदा म:म पनि खल्लो लाग्थ्यो। सपना साकार हुँदा भन्दा पनि साकार हुँदै छ भन्ने बिस्वश झन सुन्दर हुँदो रहेछ। कन्सल्टेन्सिकै सरहरुबाट आर्ट संकायको लागि जान सजिलो हुने कुरा बुझेका थियौँ। उनिहरुले नै भनेका थिए" स्टुडेन्ट भिजामा जाने प्राय नेपालिले पढ्ने भन्दा पैसा कमाउने ध्याया बढि गर्छन र आर्ट संकायमा अलि सजिलै एड्मिसन पनि हुन्छ " । हामिलाई एक किसिमले ठिक पनि लाग्यो। तर , मेरो ईन्जिनीयारिङ ?? म दोधारमा थिएँ। कतै सपनको रङ फेरिने डर , कतै गन्तब्याको दिशा मोडिने डर........
....to be continue

CR : Suraj Sodari

No comments

please give your views

Achyut . Powered by Blogger.