केपी ओली लाई ‘ओस्कार अवार्ड’ दिनुपर्छ : दिल निसानी मगर
केपी ओली लाई ‘ओस्कार अवार्ड’ दिनुपर्छ : दिल निसानी मगर:
दिल निसानी मगर
एमालेका तीन शीर्ष नेता एवं पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपालले आइतबारसँगै बसेर चलचित्र छक्का पञ्जा हेरे । चलचित्र हेरिसकेपछि ओलीले चलचित्र राम्रो तर छक्का पञ्जा नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिए । तर अन्तमा उनले चलचित्रको प्रसंशा गर्न छाडेनन ।
‘मुन्द्रे, माग्ने, दीपक, दीपा भएको चलचित्रले नहँसाउने त कुरै भएन’ भन्दै केपि ओली खिस्स हाँसे । मानिलिनुहोस् कि ओलीले लोकबासिका मानिसहरुलाइ धरधरि रुवाउदै हिडेका थिए । त्यसको बदला दिन आखिरीमा लोकबासी हँसाउने यो जिम्वेवारी मुख बांगो पारेर हाँस्य कलाकार बनेकाहरुको काँधमा थपियो ।
यि कलाकार पनि कस्ता ? निकै पहुँचवाला तर यिनको कलाकारितमा खास त्यसतो के छ ? भन्दा केहि छैन । युटुबस्टार जत्तिकोले नि रामाईलो दिन सक्दैनन् यिनले । कलाकारले कलाकारलाई चिन्छ भने जस्तो छक्का पञ्जाले कलाकार चिन्यो मतलब केपि ओलि चिन्यो । अझ यसो भनौ छक्का पञ्जा जानेको व्याक्ति चिन्यो । कुनै एक चलचित्रको ‘प्रमोशनमा’ पुर्व प्रधानमन्त्रि भईसकेको व्याक्ति हिँड्न हुन्थ्यो कि हुन्नथ्यो त्यो बहस हुने देश होइन नेपाल ।
ओलीले जग कहिले हँसाएनन् र ? कहिले छक्का पञ्जा गरेननन् र ? आन्दोलनले राजा फालेर गणतनत्र ल्याउने कुरा बयलगाढामा चढेर अमेरिका जानु जस्तो हो भने तर अहिले गणतन्त्र मैले ल्याको हो जसरि जथाभावि बोल्दै हिडेका छन् । संसद मै उनको मानसिक संतुलनबारे प्रश्न यसै उब्जिएको नि हैन फेरि ।
पाईप मार्फत घर घरमा ग्याँसको चुलो, मुख चुच्चो परेको रेल र समुद्र नै नभएको देशमा पानि जहाज चलाउछू भनेर ओलिले जग हसाँएकै थिए । हाँस्य कलाकारको बलियो सम्बन्धका कारण जग हँसाएका थिए भने लोबासि जान्दैनन् तर स्यवं एक चर्चित हाँस्य कलाकारको नाताले जग हँसाएका थिए भने स्याब्बास ! भन्नुपर्छ । यसअर्थमा हाँस्य बिधाको स्वत जन्म हुन्छ ।
ओस्कार अवार्डको कुरा गरौ, विश्वभरिमै फिल्मी क्षेत्रका तर्फबाट ओस्कार अवार्डलाई लाई सबैभन्दा ठूलो मानिन्छ । हलिउडका कलाकारहरु यस कार्यक्रमलाई उत्सवको रुपमा मान्ने गर्दछन् । बेलाबेलामा ओस्कार अवार्डको संस्करणले वर्णविभेद भएको आरोप पनि खेप्नुपरेको छ । काला र गोरा जातिका कलाकारहरु बिच कहिलेकाँहि हेपिएको, दबिएको चर्चाहरु सुनिन्छन् ।
जस्तो कि प्रसंग पुरानो भएको छैन, चर्चित अभिनेता एवं हास्य कलाकार क्रिस रोकले पुरस्कार समारोहमा बोल्नेक्रममा व्यंग्यात्मक शैलीमा सामाजिक विषयलाई लिएर हलिउडमा नस्लवाद भएको टिप्पणी गरेका थिए । उनको त्यो अभिव्यक्ति यसपटक चर्चाको प्रमुख विषय बनेको कुरा ओस्कार अवार्डलाइ नजिकबाट नियाली रहेका सबैलाई थाहा नै छ ।
यस्तो काममा त ओलि झन् अगाडि छन् । कसैलाई माकाफूईँ भनेको छ, कसैलाई माखेसाङ्गो भनेको छ । यिनकै अनुयायि भक्त नेताहरुले ‘कालो बर्णका’ मधेसिको बिरोध सभालाई ‘बुझ्न सकिएन’ भन्दै अपमान नि गर्छन् । बेलाबेलामा देशभक्ति कुरा गरेर जग नि हसाउँछन् । संमरण रहोस् नदिनाला नि बेच्न् ।
त्यसैले केपी ओली लाइ ‘ओस्कार अवार्ड’ दिनुपर्छ ।
Post a Comment