Growing Cattle Farming
Height of technology:
वहुसख्यंक जनता कृषिमा आश्रीत भएपनि नेपालको कृषि उत्पादनले मुलुकको खाद्य वस्तुको मागलाई धान्न सकेको छैन । नेपालको हावापानी कृषिमैत्री भएका कारण यहाँ कृषिसँग सम्बन्धित व्यवसायको अत्यन्त सम्भावना छ । तर परम्परागत खेती प्रणालीका कारण उपलव्ध स्रोतबाट अपेक्षित आम्दानी गर्न सकिएको छैन । माग र आपूर्तिविचको यो खाडल नयाँ व्यवसायीका लागि राम्रो सम्भावना पनि हो । अत उपलव्ध प्राकृतिक स्रोत र साधनको सहि उपयोग गरी व्यवसायिक ढङ्गबाट अघि बढाउने हो भने कृषि तथा पशुप...ालनले हाम्रो जीवन स्तरमा व्यापक सुधार ल्याउन सक्छ । नेपाल सरकारको कृषि मन्त्रालय अन्र्तगतका निकायहरु र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ सस्थाहरुले पनि व्यावसायिक कृषि तथा पशुपालनको अवधारणा विकास गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
कृषिको व्यवसायिकरण र औधोगीकरण गरी वर्षेनी हजारौंको सख्यामा विदेश पलायन हुने युवा जनशक्तिलाई मुलुकको कृषि उद्योगमा लगाउन सके व्यक्ति मात्र होइन सिंगो राष्ट्र नै आर्थीक रुपमा सम्बृद्ध वन्न सक्ने सम्भावना छ । यहि सम्भावनालाई यर्थाथमा परिणत गर्ने उद्धेश्यका साथ हामिले पनि स्थानीय स्तरमा उपलव्ध स्रोत र साधनको सहि उपयोग गर्दै नुवाकोट जिल्लाको समुन्द्रटार गाविस, वडा नं १ मा व्यावसायिक बाख्रा फर्म सञ्चालन गरेका छौं । समुन्द्रटार कृषि फर्म एउटा निजी फर्म भए पनि उत्साहित युवाहरुको समुहद्वारा सञ्चालित एकिकृत कृषि फर्म हो । फर्मको प्रमुख उद्देश्य परम्परागत ढंगबाट सञ्चालन हुँदै आएको नेपालको कृषि प्रणालीलाई आधुनिक प्रविधिको प्रयोगबाट व्यावसायिक बनाउँदै लैजाने रहेको छ ।
काठमाडौ उपत्यका मासुको सवैभन्दा ठूलो बजार हो । त्यसबाहेकका अन्य सहर तथा जिल्लाहरुमा पनि खसीको माग उच्च छ । काठमाडौं उपत्यकालाई मात्र हेर्ने हो भने त्यहाँका व्यवसायीहरुले हप्ताको २० ट्रक खसी आयात गरिरहेका छन् । दशैँ, तिहारजस्ता चाडपर्वमा समेत गरी वार्षिक तीन लाख खसी भारतबाट मात्र आयात हुन्छ । त्यसको मूल्य सरदर तीन अर्ब हुन्छ । दशैँको समयमा स्वदेशी खसी करिब ५० हजारको संख्यामा बजारमा आउने हुँदा वार्षिक एक लाख खसी नेपाली बजारबाट खपत हुन्छ, वार्षिक झण्डै चार अर्बको मासुको बजार रहेको तथ्याङ्क छ । यसकारण नेपालमा बाख्रा पालन व्यवसायको संभावना मात्र होइन यसलाई विस्तार गरि आयात प्रतिस्थापन गर्नेतर्फ लाग्न अत्यन्त जरुरी छ । सोही अनुरुप हामीले समुद्रटार कृषि फर्कको अबधारणालाई अन्ततः कार्यान्वयनतर्फ अघि बढायौँ ।

Post a Comment