Header Ads

Bus Accident on Route Kavre :(

बस सडकबाट तिन सय मिटर तल खस्दा दुर्घटनाग्रस्त हालसम्म २४ को 

मुत्यु उद्धार जारी, मृतकको संख्या अझै बढ्ने, तत्काल उद्धारका लागि 

हेलिकोप्टर माग:  






काभ्रे, ३१ साउन : काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त हुदाँ २५ को मुत्यु भएको छ । ८५ जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खसेको स्थास्थानियवासी पुस्कर राज पन्तले छन्।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता विजयलाल कायस्थले दुर्घटनामा २५ जनाको मृत्यु भएको पुष्टि गरे। ‘२५ जनाको मृत्यु भएको रिपोर्ट अाएको छ। करिब ८५ जना चढेको सो बस दुर्घटनामा ४० जना घाइते भएको प्रारम्भिक रिपोर्ट छ’, नागरिकन्युजसँग उनले भने।
तत्काल उद्धारका लागि हेलिकोप्टर माग
मृतक र घाइते हुनेहरु अधिकांश कात्तिके देउराली, विर्तादेउराली र मादनकुँडारी गाविसका रहेको स्थानीय पुष्करराज पन्तले बताए। उनका अनुसार बसभित्र धेरै मान्छे च्यापिएका छन्। उनीहरुको उद्धार गर्न फलाम काट्ने मेसिन अावश्यक रहेको उनले बताए।
४० भन्दा बढी घाइते रहेको र पानी पर्न लागेकाले तत्काल उद्धारका लागि हेलिकोप्टर अावश्यक रहेको उनले बताए। बसभित्र च्यापिएकाहरुको उद्धार गर्न कठिन भइरहेको छ। उद्धार भएकाहरुलाई तत्काल अस्पताल पुर्‍याउन हेलिकोप्टर अावश्यक देखिएको छ।

No comments

please give your views

Achyut . Powered by Blogger.