Header Ads

भारत भम्रण लगतै प्रचण्ड चिन नगई आमेरिका हान्निने

भारत भम्रण लगतै प्रचण्ड चिन नगई आमेरिका हान्निने, आखिर किन यस्तो निर्णय गरे प्रधानमन्त्रीले ?


काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण लगत्तै अमेरिका जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री यही भदौ ३० गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्रीले भारत र नेपालको द्विपक्षिय हित लगायका कतिपय विषयमा केही महत्वपूर्ण निर्णय गर्ने गरी तयारी गरिरहेको बुझिएको छ । भारतबाट फर्केपछि भोलीपल्ट नै प्रधानमन्त्री अमेरिका जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । प्रचण्ड असोज २ गते अमेरिका प्रस्थान गर्नेछन् ।
अमेरिकाको न्यूयोर्कमा अवस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन गइरहेको ७१ औं जनरल असेम्बलीमा भाग लिन प्रधानमन्त्री अमेरिका जाने कार्यक्रम तय भएको हो ।

No comments

please give your views

Achyut . Powered by Blogger.