Header Ads

prem

तीन दिनमा,कहिलेकाही एक हप्तामा फोहोर उठाउने मान्छे आउथ्यो।
"फोहोर लिने मान्छे आएछ बाबू,फोहोर लग्देउ त।" माइजुले पुजा कोठाबाट भन्नुभयो।
किताबकापी जस्ताको तस्तै छोडेर फोहोर जम्मा गरे अनि निस्किए।
अलि ढिलो भएछ।हतार हतार पाइला चाले।फोहोर उठाउने साइकल अलि अघि नै बढी सकेको थियो।तेतै तिर दौडिए।
दौडिदै थिए,एउटी आफ्नै उमेरको केटीको आवाज कानमा गुन्जियो।
"दाइ रोक्नुस एकछिन।फोहोर छुट्यो।" उसले भनिरहेकी थिइ।
साइकल रोक्यो,फोहोर फ्यालिदिए।
उसको हातमा त फोहोरको झोला थिएन।
"यस्तो बेलामा त कराउनु पर्छ नि।किन दौडेको साइकलको पछाडी।" उसले हास्दै भनी।
"दिमागमा धेरै कुरा खेले पछि र हतारमा भए पछि दिमागले काम गर्दैन रैछ।" मैले पनि हास्दै जवाफ फर्काए।
हाम्रो पहिलो भेट यसरी फोहोर फ्याल्न जादा भएको थियो।
बिहान कलेज जाने भएकोले म बेलुका सधै पुजाको भाडा माझ्थे।उ पनि त्यही समयमा पुजाको भाडा माझ्न थालेकी थिइ।कौसीबाट हेराहेर हुनथ्यो।
शनिबार आफ्नो लुगा धुदा पनि हाम्रो कौसीबाट हेराहेर हुनथ्यो।कपडा उठाउन जादा पनि हेराहेर हुनथ्यो।कपडा उठाउन भनेर १० चोटि कौसीमा जान्थे।जब सम्म उसको कौसीमा कपडा सुकि रहेको देख्थे तब सम्म आफ्नो कपडा नै उठाउदिन थिए।
कलेजबाट फर्किदा एक दिन गाडीमा सङ्गै भेट भयो।प्याक गाडी,उ पहिले देखि नै बसिरहेकी थिइ,नर्मल सिटमा,महिला सिटमा बसेकी भए त फसादै पर्थ्यो।
उ बसेकी सिटको छेउमा गएर उभिए।अर्को स्टपमा सिट खाली भयो।
"के छ ,चिन्यौ।" खाले भएको सिटमा बस्दै मैले भने।
"किन नचिन्नु।" उसले भनी।
" घर यतै हो?" मैले सोधे।
"होइन घर त विराटनगर।गाउको काका हरु सङ्ग बस्छु।कलेज पढाइ दिनु हुन्छ।बिहान र बेलुका घरको काम गर्छु।" उसले भनी।
" ए म पनि मामाघरमा बसेको।परेको बेला काममा सघाइ दिन्छु।" मैले भने।
"के पढ्दै हो?"मैले सोधे।
"bbs.अनि तपाईं नि।" उसले भनी।
"तिमि भन न।म sociology पढ्दै हो।" मैले भने।
"घर कता नि तपाइको?" उसले सोधी र जिब्रो बाहिर निकालेर दातले टोक्दै सच्याउदै भनी "सरी।तिम्रो?"
"खोटाङ।" मैले भने।
"ए हलेशी महादेव।" उसले भनी।
"हुन त तेतै हो तर हाम्रो घरबाट १ दिन लाग्छ त्यहा पुग्न।" मैले भने।
फोहोर फ्याल्दा भेट हुनथ्यो।कौसीमा पुजाको भाडा माझ्दा,लुगा सुकाउदा र उठाउदा हेराहेर हुनथ्यो।
यो मनले त्यो मनलाइ रोजिसकेको थियो।
मीठो बोली,सिम्पल ड्रेस अप,लामो केश , मेरो कुम भन्दा अलि तल र मुटु भन्दा अलि माथि भ्याउने हाइट थियो उसको।
गाडीमा एक अर्काको भाडा तिर्दा,एक अर्का सङ्ग चिनजान गर्दा,घरको कुरा गर्दा हामी नजिकी सकेका थियौ।
पसलमा सब्जी किन्न जादा हाम्रो भेट हुनथ्यो।तरकारी तेति छान्न आउदैन थियो।उ छानी दिन्थी।
फोन नम्बर त लिएको थिए तर त्यो खासै काम लाग्न सकेको थिएन।
दिनहु भेट भैरहनथ्यो।राती viber मा कुरा हुनथ्यो।
क्रमशः
#purple_thoughts
भाग २
"कतै घुम्न जाम न।" भन्दै उसलाइ मैले प्रस्ताव राखे।
"अरु दिन कलेज जानुपर्छ।शनिबार घरबाट दिदैनन।" उसले भनी।
"एक दिन bunk गर्दा भै हाल्यो नि।" मैले भने।
"अटेन्डेन्स हुन्छ।absent भयो कि घरमा फोन आइहाल्छ।" उसले भनी।
"बरु जाडो महिनाको छुट्टीमा विराटनगर आउ न।विराटनगर पुरै घुमौला।" उसले भनी।
"हुन्छ साथीको घर तेतै छ।आउछु अनि फोन गर्छु नि।" मैले अलि मसिनो आवाजमा भने।
"तिमी पनि खोटाङ घुम्न आउनुपर्छ है।" मैले उसलाइ फेरि निम्तो दिए।
"मेरो कोही त छैन त्यहा।फेरि छोरी मान्छे घरबाट पठाउनु पनि पर्यो नि।" उसले भनी।
मेरो को छ र त्यहा भन्दा अलि चसक्क भयो।म छदै थिए नि त्यहा।
तिमी बाहेक अरु कोही छैन मेरो त्यहा भनेको भए म सारै खुशी हुन्थे।
माया भन्ने चिज नै यस्तो।सान्सानो कुराले घोच्ने र जलन हुने ।
आफू त त्यो दिन देखि नै जाडो बिदाको पर्खाइमा बस्न थाले।साथीलाइ पनि आउदैछु भनेर खबर गरे।घरमा जाडो बिदामा अलि ढिलो आउछु भनेर आमालाइ भनिसकेको थिए।
विराटनगरको टिकट काट्न सङ्गै गयौ हामी।दुइटा टिकट काट्यौ।
गौशाला ३ बजे पुग्यौ।सबै जना सामान लिएर तयार भएर बसेका थिए।गाडी ढिलो आउने कुरा जानकारी भयो।ब्याग काउन्टरमा छोडेर हामी पशुपती गयौ।
बाटोमा हिड्दाहिड्दै वरिपरि बादरहरु झुम्मिन थाले।
उसले मलाइ च्याप्प पक्री र मेरो छातीमा आफ्नो मुहार टसाउदै भनी "विश्व डर लाग्यो।"
"जय पशुपती नाथ।संसार बादर नै बादरले भरिदिनु प्रभु।हजुरको चरणमा आएर हजार टन गाजा चढाउला।" मैले मनमनै भने।
पशुपती नाथको दर्शन गरेर हामी फर्कियौ।गाडी आइसकेको थियो।सिटमा बसेर केही बेर कुरा गर्यौ।समय बित्दै गयो।बसमा गाना पनि बज्दै थियो।आल्स्यता शरीर भरी छाइसकेको थियो।बिस्तारै निद्राले झुपझुप पार्न थालेको थियो।
उ निदाइ।उसको शिर मेरो काधमा थियो।हुन त मलाइ पनि निद्राले सताइ सकेको थियो तर निदाउन मन लागेको थिएन।उसलाइ हेरिरहन मन लाग्यो।त्यो शान्त मुहार नियालिरहे।मन एकदमै आनन्दित थियो।उसको र मेरो बारेमा अनेकौ कुरा सोच्दै थिए,चिन्तन मनन गर्दै थिए,तेतिकैमा म पनि निदाएछु।
विराटनगरको राजबम्सी चोक देखि अलि माथी उसको घर रहेछ।मेरो साथीको घर पनि तेतै थियो।
भोलिपल्ट हामी फेरि भेट्यौ।
कता लग्छु भनिरहेकी थिइ उ।तर मैले जिद्दी गर्दै जोगबनी हिड भने।
उ थरीथरीको सारी लगाउथी र म फोटो खिच्थे।उ मुसुक्क मुस्कुराउथी।
एउटा सारी किनिदिन्छु भनेको थिए,घरमा के भन्नू सारीको बारेमा सोधे भने भनेर उसले मानिन।
हात पक्रिदै हिड्यौ।
उसले हतार हतार हात छोडी मेरो।छिमेकीले देखेछ।
छिमेकीले देखेको कुरो।एउटाले अङ्कमाल गरे भनेर कुरा काटेछ,अर्कोले थपेर फेरि बाटोमा चुम्मा खादै हिड्दै थिए भनेर सुनाएछ।
खराब समाचार छिटो फैलिन्छ भन्थे हो रैछ।
दुई दिन सम्म उसले मेरो फोन नै उठाइन।
तेस्रो दिन उसले फोन गरि,उसको मोबाइल नम्बर थिएन त्यो,खोइ कस्को बाट गरि।
"जोग्बनी नजाउ भनेकी थिए।अब त मलाइ काठमाडौ नपठाउने रे।केटा हेर्न शुरु गर्नु भैसक्यो बुवाले।" उसले रुदै भनी।
"बिहे गर्दिन भन।सम्झाउ।जिद्दी गर।" मैले भने।
उसले रिसाउदै फोन राखी।
उसलाइ फेरि त्यही नम्बरमा फोन गरे तर उसले उठाइन।
"एक चोटि भेटौ न।म सङ्ग एउटा प्लान छ।" मैले मेसेज पठाए।
उसले फोन गरि।
"भेट्ने भए म अहिले नै आउछु।" उसले भनी।
रातको ९ बजिसकेको थियो।
"मलाइ माया गर्छौ भने भगाएर लैजाउ।भगाएर लैजान्छौ भने आउछु नभए आउदिन।मलाइ बिहे गर्नु छैन ।मलाइ अरु कसैको हुनु छैन।" उसले भनी।
भगाउ कि जस्तै लाग्यो।आफुले माया गरेको मान्छे।तर भगाएर कहाँ लिएर जाने।ब्याचलर पास गरेको छैन,जागिर पाउने हैन।घर लगुम,घर नै साहुको ऋणमा डुबेको थियो।
क्रमशः
#purple_thoughts
भाग-३
छोरो पढ्ला,जागिर खाला,घरमा सुख देला र बहिनीको बिहे गरिदेला भन्ने विस्वास गरेर आमा बुवाले काठमाडौ पठाउनु भएको थियो।
माया माया त भनिन्छ तर बिहे गरेर के पाइन्छ जस्तो लाग्न थाल्यो।
"यदि त उसलाई केही दिन सक्दैनस भने उसको जिन्दगीमा गैस किन?माया लाइस किन?झुटो सपना देखाइस किन?" फेरि अर्को मनले भन्न थाल्यो।
मनमा अन्तरद्वन्द चल्न थाल्यो।
फेरि १२ कक्षामा "about love" को कथा याद आयो,लुगानोभिच र पेलाजियाको।
कथाको सार थियो "मायामा दोहोरो विचार गर्नुहुन्न।"
लुगानोभिच र मेरो हालत एउटै थियो।अन्तरद्वन्दमा फसेका थियौ।
ऋणमा डुबेको,प्रेमीलाइ सुखद जिन्दगी दिन नसक्ने स्थितिको।
फेरि लुगानोभिच र पेलाजिया पश्चातापले ट्रेनमा रोएको याद आयो।प्रेमीको यादमा बाचेको लुगानोभिचको झल्को आयो।
फेरि आफैले भनेका कुरा याद आयो "तिमी भए त दुखको सागर यतिकै पौडिन सक्छु।दुख दिने जिन्दगीलाइ हे जिन्दगी मलाइ अझै दुख दे भन्न सक्छु।"
उ भए त दुख झेल्ने साहस त पाउछु।उ भए दुख सामना गर्ने गतिलो कारण अझै थपिन्छ जस्तो लाग्यो।
रेडियोमा रोजिएको गानाहरु बजाइदै थियो।
फोन गरे र "केही मीठो बात गर" नामको गीत बजाइदिन आग्रह गरे।
"Dedication?" rj ले सोध्यो।
"मेरि हुन खोज्ने उनीलाइ र मेरो बनाउन नसकिरहेको मलाइ।" मैले भने।
"आफ्नो बनाउन सक्ने हिम्मत आओस साथी।" रेडियो प्रस्तोताले भने।
गीत बज्न थाल्यो।चुरोटक धुवा सङ्गै हामी कौसीमा अन्तिम चोटि भेटेको,मौन बसेर आकाशमा हेरिरहेको र यो गाना बजिरहेको कल्पना गरे।
"त पैसा कमाएर चुरोटको धुवा उडाउदै जिन्दगी भरि उसलाइ यसरी सम्झिन चाहन्छ्स कि उसलाइ आफ्नो जिन्दगीमा समेट्दै,दुखको सामना गर्दै,खुशी साट्दै,दुखमा उसको अङ्गालोमा बेरिदै अगाडि बढ्न चाहन्छ्स।" मनले भन्न थाल्यो।
"एउटा दुखको लागि दस वटा खुशीको तिलान्जली
नदे।तभन्दा दुखी मान्छे पनि छन त दुनियामा।त सङ्ग केही नहुदा पनि तेरो हुन्छु भनिरहेकी छे।सोच त कति निश्चल छ उसको प्रेम।" मनले झनै सम्झाउन थाल्यो।
फोन गरे।
"केही मीठो बात गर भन्न फोन गरेको।मलाइ बोल्नु छैन।मलाइ केही चाहिदैन।दुख भोग्न तयार छु।अन्तिम चोटि सोचेर भन।हुदैन भने तिमी सङ्ग मलाइ फोन गर्ने अधिकार छैन ।" उसले भनी।
"झोला बोकेर आउ।मन दरो बनाएर आउ।माया गरेको छु,तर्सेर भाग्दिन।" मैले भने।
चोकमा भेट्यौ।उसले रुदै अङ्कमाल गरि।
"छोडिदेउ बिहे गरे पछि सबै ठिक हुन्छ।भागेर बिहे गर्नु बाध्यता हो हाम्रो।"
एउटा ट्रकमा लिफ्ट पायौ।
ड्राइभर दाइले पनि भगाएरै बिहे गर्नु भएको रैछ।ड्राइभर दाइ खुशी देखिन्थे ।
बिहान बेल्टारको गाडी चढ्यौ।बेल्टारबाट हिड्यौ,डुङ्गा चढ्यौ।बाटोको मन्दिरमा बिहे गर्यौ।
घर पुग्यौ।
"यो के गरिस छोरा।" आमाले भन्नुभयो।
"बुहारी भित्र्याउनु।सबै भन्छु अनि।" मैले भने।
उसले गृह प्रवेश गरि ।
जाडो बिदा सकियो।म काठमाडौ फर्किन।
घरको ऋण,बहिनीको बिहे अनि उसको आवश्यकता, मेरो काधमा अर्को जिम्मेवारी थपिएको थियो।
दुख भन्ने कुरो पनि अचम्मको छ।जति ढाकछोप गरे पनि देखिहाल्छ।
"बुवा २ लाख जति ऋण खोजिदिनु न फेरि।अब म बाहिर जान्छु।" मैले भने।
शुरुमा त मान्नु भएन।धेरै कचकच र सम्झाइ बुझाइ पछि ऋण खोजिदिनु भयो।
म जाने ठाउँको निधो भयो।कतार,नेपाली हरुको लागि खुल्ला जेल जहाँ मरेको लास ल्याउन पनि exit पेपर दिनुपर्छ।
छोरोको कर्तव्य ,श्रीमानको कर्तव्य र दाइको कर्तव्य बहन गर्दै म कतार छिरे।
ऋण तिर्नु छ,बहिनीको बिहे गरिदिनु छ,र थोरै पैसाको बन्दोबस्त गरेर नेपालमा इलम गर्नु छ।
छोरो दुई बर्षको भैसक्यो।उसको घरबाट उसलाइ स्वीकारी सके।
विदेशबाट छुट्टीमा आउदा ससुराली पनि गए।
बहिनीको बिहेको पनि कुरो चल्दै छ।
नेपालीहरु विदेशिएर देश बिग्रीयो भन्छ्न कतिपय साथीहरु सामाजिक सन्जालमा।
तर मेरो नजरमा नेपालीहरु विदेशिदाको नेपाल र नेपालीहरु नविदेशिदाको नेपालमा खासै फरक छैन।
विदेशिनु मेरो बाध्यता थियो,घर फर्किनु अहिले मेरो रहर हो,एउटा सपना हो।
र विदेशिएर तिमिलाइ देशको बारेमा कुरा गर्न सुहाउदैन नभन्नु होला।भोको पेट भगवानको त गुणगान गाउन सकिँदैन,झनै देशको त कुरै छोडिदेउ।
समाप्त

No comments

please give your views

Achyut . Powered by Blogger.