Header Ads

यस्तो छ सडक रुट : भारतीय राष्ट्रपतिको ३ दिने भ्रमण तालिका



न्युज नेपो  १६ कर्तिक, काठमाडौं ।


   । ट्राफिक प्रहरीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको ३ दिने नेपाल भ्रमणका क्रममा प्रयोग हुने सडक मार्गको बिकल्प रोज्न सर्वसाधरणलाई आग्रह गरेको छ । मुखर्जीको भ्रमणको तीन दिनको लागि ट्राफिक प्रहरीले भ्रमणमा प्रयोग हुने सडक र त्यसको समय समेत सार्वजनिक गरेको छ ।

ट्राफिक प्रहरीले मुखर्जीको भ्रमणका कारण भनेर त उल्लेख गरेको नभए पनि विशेष कारणवश भन्दै तीन दिनसम्म बिभिन्न रुटको बिकल्प खोज्न आग्रह गरेको हो ।

विशेष कारणवश काठमाडौंका निम्न सडकहरु हुँदै चल्ने सवारी साधनहरु निम्न मिति तथा समयमा प्रभावित हुने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न सबैमा हार्दिक अनुरोध भनिएको छ । 

 ट्राफिक प्रहरीले तयार पारेको रुट तालिका यस्तो छ । 

मिति २०७३।०७।१७ गते

१. बिशेष कारणवश बिहान साढे ११ बजे देखि दिउँसो २ बजे सम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, नारायण गोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीे हार्दिक अनुरोध गर्दछ ।

२. बिशेष कारणवश दिउँसो १ बजे देखि ३ बजे सम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, नारायण गोपाल चोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

३. बिशेष कारणवश दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौेद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीे हार्दिक अनुरोध गर्दछ ।

४. बिशेष कारणवशसाँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीे हार्दिक अनुरोध गर्दछ ।

मिति २०७३।०७।१८ गते
१. बिशेष कारणवश बिहान ९ बजे देखि ११ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीे हार्दिक अनुरोध गर्दछ ।

२. बिशेष कारणवशे बिहान पौने १० बजे देखि दिउँसो पौने २ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार,भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर,शंखमुल, नागस्थान, न्युरोड क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

३. बिशेष कारणवश दिउँसो ४ बजे देखि साँझ ६ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली,जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

४. बिशेष कारणवश साँझ ५ बजे देखि बेलुकी ७ बजे सम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

५. बिशेष कारणवश साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथलि, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर ,शंखमुल क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

६. बिशेष कारणवश बेलुकी पौने ८ बजे देखि बेलुकी पौने १० बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, बत्तिस पुतली क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

मिति २०७३।०७।१९ गते
बिशेष कारणवश बिहान ९ बजे देखि ११ बजे सम्म बौद्ध, चुच्चेपाटी, चावहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट ,तिनकुने हुदै संचालन हुने सवारी साधन प्रभावित हुने भएको छ । सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीे हार्दिक अनुरोध गर्दछ ।

No comments

please give your views

Achyut . Powered by Blogger.