नागरिकलाई गृहनजरबन्द, धन्य सर्कार !!!
न्युज १७ कार्तिक, काठमाडौं ।
। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ । तर, यो विरोध विसं. २००७ सालको जस्तो कालोझण्डामा प्रकट नभई फेसबुक र टि्वटरमार्फत् प्रस्फुटित भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुक र ट्विटरमा #लम्पसारवाद, #IndianPresidentNotWelcome, #PranabDaSaySorry जस्ता ह्यासट्याग चलाएर सरकारले छिमेकी राष्ट्रप्रमुखको स्वागत गर्ने नाममा नागरिकलाई सास्ती दिएकोमा चर्को विरोध गरेका छन् ।
सरकारले मुखर्जीको सम्मानमा फौजी शैलीमा उपत्यका बन्द गरेको टिप्पणी गर्दै लेखक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘आज सरकारी उपत्यका बन्द, त्यो पनि फौजी शैलीमा ! नागरिकलाई गृहनजरबन्द दिनभरि तानाशाहीबारे पाब्लो नेरूदाका कविता पढ्छु । अवसरका लागि धन्य सर्कार !
Post a Comment