Header Ads

कविताहरु

#1

माईती देखि तिम्लाई बसाई सराउन मन छ
तिम्रो नाममा मेरो यो थर भराउन मन छ
राखेर दिलमा प्रिय् तिमिलाई लगाई ताल्चा
कस्सम चावी चै नभेटिने गरि हराउन मन छ
...
शर्मा जि

#2मलाई सानो छदा भन्ने गर्थे
बाबू रातिमा बाहिर नहिड भुत आउँछ!
र म आजभोली रातभर हिड्दा पनि त्यो भुत आएन,
मेरो बाल्यकाल आएन केवल भविस्यमात्र आयो,
मलाई भुत चाहियो!...
मलाई मेरो बाल्यकाल चाहियो!!!


#3
भाकेर देउता खाएर कसम तिम्लाई मागेमा के गर्छौ?
रगतले चिट्ठी लेखेर प्रस्ताव तिम्लाई राखेमा के गर्छौ?

#4
मेरै नामको त्यो चुरा टीका आज सजाउने कोहि भएनन
हजुरको लागि आज व्रत बस्या भन्दै बताउने कोहि भएनन
कस्तो थाक्या छु आज भन्दै घुर्की लगाउदै च्याट बक्समा
कस्ति देखिएकी छु म भन्दै तस्वीर पठाउने कोहि भएनन

#5
तिज
को बस्छ अर्काको लागि व्रत भन्दै सस्कार मिच्ने होलि
अहिलेसम्म परिचय नभाकी मोरिले २थाल घिच्ने होलि
...
अरुबेला दुई भित्ते मिनिस्कर्ट लाउदै हिड्ने गर्थी
तिजको दिन रातो सारी लाउदै सेल्फी खिच्ने होलि
मुन्नी बदनाम अनि शिलाका जवानिमा मात्र नाच्ने
आज तिजको रहर आयो भन्दै पसिनाले भिज्ने होलि
दिनै भरी पोज पोजमा टन्न सेल्फी खिचाई खिचाई
प्रोफाईल पिक्चर चेन्ज गर्न फेसबुक थिच्ने होलि

#6
जिन्दगी यसै ह्याङ छ साथी,
शुक्रबार हो पिउ नभन!!!

#7
हजुरले सोचे जस्तो अह म भैन
न सुख दिन सकेको छु न त चैन
तर ढुक्क हुनु बाबा नसप्रे पनि त
हजुरको छोरो बिग्रेको चाहिँ छैन

#8
कविता(कुशेऔशी विशेष)

म बुझ्छु बाबा
ऋणले धेरै गडया छ
साहुले धेरै ढडया छ...
बर्खाभरी छानो चुहिया छ
छाएको खर नि कुहिया छ
आफन्तिले हेप्याछन
छिमेकीले चेप्याछन
आफ्ना भनाउदाहरुले दिएको पिडा
सबैले देख्याछन
छोराको कमाईको एउटा टोपी लाउनुभाछैन
ममिले नि छोराको कमाईको धोती पाउनुभाछैन
कहिलेकाही त दिदिले नि भाईको भर खोज्दी हो
तिहारमा कुर्ता सुरुवाल दिन्छ कि भनी बैनिले सोच्दी हो
खाजा खर्छ नभएर भोकै पर्दो हो
भाईले नि पकेट खर्छ आश गर्दो हो
बाबा
हजुरको सपना पूरा गर्न
अझै सकेको छैन
तर पनि साहस छ मनमा
अह थाकेको छैन
तपाईंलाई त बिश्वास होला
आफ्नै छोरामाथी
एकदिन,
नाम कमाउला
दाम कमाउला
आफू बन्ला
आफन्त बनाउला
हजुरको स्वाभिमान
अझै बढाउला
त्यसपछि
सबैका अगाडि नाक ठुलो पार्नुला
मेरो छोरो भनेर सान पनि झार्नुला
सानो चिटिक्क घर बनाम्ला
सबै परिवार संगै रमाम्ला
हजुरले कोट पाईन्ट जुत्ता टल्काउनुला
ममिले नि छडके तिलहरी ढल्काउनुला
दिदी सहयोग चाहिए भाइ छ है भनुम्ला
रोजेकै उपहार टक्राएर बैनिलाई दक्षिणा गनुम्ला
भाईलाई पकेट खर्च भनी ५-१० हजार थमाम्ला
बस् एक सपना बाबा ममि खुशी बनाम्ला
बस् एक सपना बाबा ममि खुशी बनाम्ला

No comments

please give your views

Achyut . Powered by Blogger.